उपभोक्ताको हितमा हुने गरी कानून् निर्माणका लागि ध्यानाकर्षण

Posted on: 24 May, 2018

जेठ १०, मकवानपुर | उपभोक्ता हित अधिकार मञ्च मकवानपुरले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल समक्ष उपभोक्ताको हितमा हुने गरी कानून् निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । 

मञ्चका अध्यक्ष बासु खतिवडाको नेतृत्वमा गएको टोलीले आज बुधबार प्रदेश सरकारको निर्माणधीन प्रादेशिक कानूनमा उपभोक्ताको हित सुरक्षित गर्न ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा विद्यमान कानून्ले प्रत्याभुत गरेको र उपभोक्ताका लागि संविधानमै सुरक्षित रहेको धारा ४४ र ५१ को (घ) को अक्षरश पालना हुने गरी कानून् निर्माण गर्न समेत ध्यानाकर्षण पत्रमा माग गरिएको छ । 

मञ्चले बुझाएको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले प्रादेशिक सरकारले बनाउदै गरेको कानून्का लागि सो पत्रले उपभोक्ताको हितमा आफूहरुलाई कानून् बनाउन अझ सहज हुने विश्वास व्यक्त गरेका छन् । सो कार्यक्रममा मञ्चका केन्द्रीय सह सचिव अजय अधिकारी, जिल्ला सचिव मदन रिमाल, सहसचिव तुलसी रिजाल, सदस्य जुना मल्ल लगायतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!