रेबिज विरुद्धको सुई जिल्लामा नहुँदा कुकुरले टोकेका बिरामी जिल्ला बाहीर जान बाध्य

Posted on: 24 May, 2018

दान बहादुर बुढा | जेष्ठ १०, मुगु | जिल्लामा रहेको एक मात्र १५ सैया रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ठिनी मुगुमा १ हप्ता देखी रेबिज बिरुद्घको सुई नहुदा कुकुरले टोकेका बिरामीहरु जिल्ला बाहीर उपचार गर्न जान बाब्य रहेका छन ।

कुकुरले टोकेको २४ घण्टा भित्र रेबिज बिरुद्घको भ्याक्सीन सुई लगाउनु प्रर्ने नियम भए पनि जेष्ठ ९ गते छायानाथ रारा नगरपालिका ५ बस्र्ने नन्द्रलाल भियालको छोरा बर्ष ९को सन्दीप कुमार भियाललाई कुकुरले खुट्टामा टोकेर ४ बटा घाउ लगाउदा उपचारकोलागी जिल्ला अस्पताल ठीनिमा जादा रेबिज बिरुद्घको भ्याक्सीन सुइ नपाउदा खालीहात घर फ्रकेका छन । छोरालाई उपचारको लागी कहाँ लिर्ने घरमा आर्थिक छहिन छोरा र्म्रर्ने भयो  भन्दै दुख ब्याक्त गदै घर र्फकेका छन । गर्त बर्ष पनि आफ्नै गाँउका नानाभाउ बि.क पनि कुकुरको टोकाई बाट  मृत्यू भएका हुन समयमा रेबिज बिरुद्घको भ्याक्सीन सुई नपाउदा यो बर्ष पनि समयमा सुई नपाउदा मेरो छोरा पनि मृत्यू हुनेहोकी भन्दै चिन्ता समेत गरेका छन भियालने । 

जिल्ला जनस्वास्य कार्यालयमा १ हप्ता देखी रेबिज बिरुद्घको भ्याक्सीन सुइ सकेको वा नभएका  तर्तकाल उपलब्ध गराउनको लागी नेपालगंजमा पहल भईरहेको डाक्टर ज्ञानेश्वर श्रेष्टले बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!