म्यानपावर र कामदार दुवैलाई उपयोगी 'बैदेशिक रोजगार' एप्सको शुभारम्भ

Posted on: 24 May, 2018

जेठ १०, काठमाडौँ । साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एप्सको शुभारम्भ गरिएको हो ।

यो मोबाइल एप यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://goo.gl/53AJJn


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिए । उनले हाल बैदेशिक रोजगारका क्षेत्रका नकारात्मक समाचार मात्रै धेरै आएको भन्दै यस क्षेत्रले राष्ट्रको विकासमा पारेको सकारात्मक योगदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । गेलानले हाल सरकारले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा  म्यानपावर व्यवसायीले सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारी गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए । हाल बैदेशिक रोजगारका सिन्डिकेट हटाउन सरकारले गरेको कार्यको संघ स्वागत गर्दछ ।  उनले भने "गलत गर्नेलाई कानूनी कठघरामा ल्याउनुपर्छ तर निर्दोष पर्नुहुन्न ।" उनले पछिल्लो समय म्यानपावर व्यवसायको धरौटी बढ्ने चर्चा चलेको भन्दै यसका लागि एक समिति बनाएर गहन अध्ययन पश्चात सकारात्मक र नकारात्मक विषय हेरेर मात्र टुंगोमा पुग्नुपर्ने भन्दै व्यवसायीहरु हल्लाको पछाडी नलाग्न समेत आग्रह गरे  । 


कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्ने ठाउँमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा धन्यवाद दिए । मोबाइल एप्स ल्याएर मात्र हुँदैन, त्यसमार्फत दिने सूचना अपडेट गरेर हरेक कामदार र म्यानपावर विच जोड्नु चुनौतीपूर्ण छ । उनले भने 'बैदेशिक रोजगार विभागमा दैनिक गुनासाहरु आउने गरेका छन् त्यसलाई कम गर्न यस्ता एप्सले सहयोग पुगोस । " 

कार्यक्रममा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले बैदेशिक रोजगार मोबाइल एप्सले जनतामा सहि सूचना प्रवाह गर्न मद्त पुग्ने विश्वास लिए । उनले जनतामा सहि सूचना प्रवाह गराउन गरिने गर्ने यस्ता कार्यमा म्यानपावर व्यवसायी सदैब सहकार्य गरि अगाडी बढ्न तयार हुने धरणा व्यक्त गरे  । विगतमा व्यवसाय सुरु गर्दा ऐन समेत नभएको कारण व्यवसाय गर्न असहज भएको स्मरण गर्दै उनले हालको बैदेशिक रोजगार ऐन २०६४ समेत समय सपेक्ष संसोधन हुनुपर्नेमा जोड दिए  ।

'बैदेशिक रोजगार' मा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उध्यस्यले 'बैदेशिक रोजगार' नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जनाएको छ छ । साझा सबालले तीन बर्ष अघि परिक्षणको रुपमा मात्र सार्वजनिक गरेको 'बैदेशिक रोजगार' नामक एपलाई यसअघि पाएको बिभिन्न सुझावको आधारमा यो एपलाई साझा सबालले थप फिचर सहित औपचारिक लन्च गरेको हो ।

प्रेस बिज्ञप्तिमा भनिएको छ - 'बैदेशिक रोजगारी नेपालीको बाध्यता हो, तर यसै बाध्यताको फाइदा उठाई दैनिक कयौं नेपालीहरु सहि सुचना नपाउँदा ठगिईरहेको सन्दर्भमा त्यसलाई निराकरणका लागि यो एपले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो लक्ष्य छ । यस एपलाई बैदेशिक रोजगारीमा जान चाहने तथा बैदेशिक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशिक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागि अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास अझै जारी छ । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो भने यसलाई मुन्चा हाउसको प्राबिधिक सहयोग रहेको छ, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो । यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, बिज्ञापन सहि हो या हैन भन्ने बारे जानकारी दिन, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान, विदेशमा रहेका दुतावासहरुबारे जानकारी लिन तथा बैदेशिक रोजगारीमा जानु अघि र गईसकेपछी अत्यावश्यक जानकारी लिन निकै सहयोगी हुने हाम्रो अपेक्षा छ । यसमा बैदेशिक रोजगारीको लागि आफुलाई मन परेको डिमाण्ड हेरेर आफुलाई चित्त बुझ्ने डिमाण्डमा सिधा म्यानपावरलाई Apply गर्न सक्ने सुबिधा पनि छ । जसको कारण एजेन्टको कारण ठगिने सम्भावना निकै न्यून हुन्छ । त्यस्तै देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब/पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारीहरु, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दरबारे पनि अपडेट पाउन सकिन्छ ।'


साझा सबालले यस एपमा सकेसम्म सत्य, तथ्य र विश्वसनीय जानकारीहरु राख्ने प्रयास गरेको जनाएको छ  । यस एपमा बैदेशिक रोजगारीको बिज्ञापन मात्र नभई बैदेशिक रोजगारीका लागि म्यानपावरहरुले सार्वजनिक गरेको डिमाण्ड सत्य हो कि हैन ? श्रमस्वीकृति भएको छ कि छैन, भिषा आएको छ कि छैन भन्नेसम्मको कुराहरु संसारको जुनसुकै कुनामा बसेर पनि सहजै हेर्न सकिने सुबिधा दिन केहि दिनमै नयाँ भर्सन पनि अपडेट गर्ने साझा सबालले जानकारी दिएको छ । 



यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ । केहि समयमै आइओएसमा पनि सार्वजनिक गरिनेछ । यो एप प्ले स्टोरमा गई Baideshik Rojgar खोजेर डाउनलोड गर्न सकिन्छ । 

https://goo.gl/53AJJn


यस बिषयमा तपाइको प्रतिक्रिया...!