बझाङको छविस पाथिभेरा गाउँपालीकामा सिसि टिभि क्यामारा जडान

Posted on: 25 May, 2018

टेकेन्द्र बोहरा/जेठ ११, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालीकामा सिसि टिभि क्यामारा जडान गरीएको छ ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि बझाङ जिल्लामा १० ओटा गाउँपालीकाहरु मध्ये पहिलो पटक जिल्लामै छविस पाथिभेरा गाउँपालीकाको कार्यालयमा सिसि टिभि क्यामारा जडान गरीएको हो । 

गाउँपालीका कार्यालयमा विभिन्न सामाग्रीहरु सुरक्षीत र गाँउपालीमा कामगर्ने क्रर्मचारीहरु समयमा आएर जनताको कामकाजमा  छिटोछरीतो होस भन्ने तरीकाले  सि टि,भि क्यामाराको जडान गरीएको गाउँपालीकाका उपप्रमुख राधिका रतालले बताउनुभयो ।

सिहदरवारको अधिकार गाउँघरमा आएपछि जनताको सेवाको लागी र जनताको कामकाज छिटो छरितो रुपमा गाउँपालीकाबाट होस भन्ने तरीकाले सिसिटिभि क्यामरा जडान गरीएको उपप्रमुख रतालले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!