सलमानको नेपाल भ्रमण के हुन्छ ? आयोजकले गर्‍यो यस्तो सूचना जारी

Posted on: 25 May, 2018

जेठ ११ काठमाडौं | पटकपटक मिति तय गर्दै सारिएको गरिएको वलिउडका चर्चित नायक सलमान खानको नेपाल भ्रमण अन्तत: रोकिएको छ।

सलमान लगायत भारतीय कलाकारहरु नेपाल ल्याउने तयारीमा रहेको ओडिसी इन्टरटेन्मेन्टले दिएको सूचना अनुसार सलमान तत्काल नेपाल नआउने भएका छन् । 

गत फागुन २६ गते नेपाल आउने भनिएका सलमान नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपाको विरोधपछि पुनः जेठ १२ गते आउने सूचना प्रकाशित गरिएको थियो। तर सो समयमा पनि प्राविधिक कारण देखाउँदै नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले कार्यक्रम रोकेको थियो।

ओडिसीले सलमानको नेपाल भ्रमण बारेमा पुनः नयाँ मिति घोषणा गर्ने बताएको छ। सलमान भने फिल्म रेस ३, दशका दम लगायतका फिल्मको प्रचारप्रसार र छायांकनमा व्यस्त छन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!