गोरेको सम्पति छानबिन हुँदै, कति छ सम्पत्ति ?

Posted on: 25 May, 2018

जेठ ११ काठमाण्डौ | ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएको चुडामणि उप्रेती 'गोरे' यतिबेला प्रहरी हिरासतमा रहेका छन् | 

गृह मन्त्रालय अन्तर्गतको विशेष छानबिन समिति यतिबेला गोरेको बयानमा उनले बताएका व्यक्तिको बारेमा थप अनुसन्धानमा जुटेको छ | ३८ क्वीन्टल सुन तस्करीको नाइके भनिएको गोरेको सम्पत्ति खोजीमा यतिबेला छानबिन समिति लागीरहेको छ | समितिका एक सदस्यका अनुसार गोरेबाट खुलेका केही नामहरुका बारेमा अहिले अनुसन्धान जारी छ ।

सम्पति खोजि गरीए पनि समितिले अहिलेसम्म नेपालमा कुनै पनि बैंकमा गोरेको खाता भेटाउन सकेका छैनन् ।

पक्राउपछि बयान सँगै केहि कुराहरु खुलेका पनि छन् भने ती नामहरुका बारेमा छानबिन समिति अनुसन्धानमा  जुटिरहेको छ | 

गोरेको खाता नभेटिएपछि उनले विदेशमै खाता खोलिएको होकी भन्ने आशंका छानविन समितीले गरेको छ |  

गोरेले आफ्ना नजिकका व्यक्तिका नाममा काठमाडौंमा जग्गा जोडेको हुन सक्ने आशंका पनि समितिले गरेको छ । 

समिति स्रोतका अनुसार समितिलाई दिएको बयानमा उनले आफू भरिया मात्रै भएको बताएका थिए । यस अघि प्रहरीले वैशाख १९ गते ६३ जनाविरुद्ध सन् २०१५ देखि अहिलेसम्म ३८ क्वीन्टल सुन अवैध रुपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँको बिगोसहित अभियोग दर्ता गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!