काठमाडौंसहित पश्चिम तराईमा अझै गर्मी बढ्ने

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौं | मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो ।

मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो ।

पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ । 

मनसुन सुरु नभएसम्म काठमाडौं उपत्यकामा पनि गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद समीर श्रेष्ठले बताए ।

- आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!