१४ वर्षीय किशोरीलाई जिस्क्याएको उजुरी परेपछि प्रहरीद्वारा आत्महत्या

Posted on: 27 May, 2018

जेठ १३, पाँचथर | पाँचथरमा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् । 

फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत इलाम घर भएका विष्टले आफू कार्यरत प्रहरी चौकीभन्दा सय मिटर पर पर्ने रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् ।

फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेका विष्टले सोहि कारण आत्महत्या गरेको बताइएको छ । 

पाँचथरको तमाखे प्रहरी चौकीमा किशोरी र आफन्तले विष्ट विरुद्ध मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गर्न आदेश दिईएको थियो । तर उनले आफूलाई पक्राउ गर्ने थाहा भएपछी प्रहरी कार्यालयबाटै हराएका थिए तर साँझ ८ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । - कान्तिपुरमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!