सवारी दुर्घटनामा परी गायक शिव परियार घाइते

Posted on: 27 May, 2018

जेठ १३ काठमाण्डौ | चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् । 


सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको दिदा सो दुर्घटना भएको हो ।

दाहिने खुट्टामा गहिरो चोट लागेपछि अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । यस्तै, उनको बाइकमा सवार गायक कर्णराज गिरी भने सामान्य उपचारपश्चात् घर फिर्ने तयारीमा रहेको शिवले आफ्नो आधिकारिक फेसबुकमार्फत् जानकारी दिएका छन् ।

शिवले आफू पनि अहिले खतरा मुक्त रहेको लेखेका छन् । उनी केही दिनमा नै घर फर्किन सक्ने अस्पतालले जानकारी दिएको छ।

कयौ आधुनिक गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक परियारले नेपाली फिल्मका गीतहरु पनि उतिक्कै गाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!