कपुरकोटमा जारी महायज्ञबाट एकै दिन ४ लाख भन्दा बढी रकम संकलन

Posted on: 27 May, 2018

जेठ १३, सल्यान। सातौँ दिन मात्रै कालिका मावि कपुरकोटमा जारी महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको छ । 


स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट अपेक्षा गरेभन्दा पनि राम्रो दान संकलन भएको विद्यालयले जनाएको छ ।


आइतबारसम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारी दिएका छन् । त्यस्तै स्मार्ट विद्यालय बनाउनका लागी विभिन्न कार्यालय र संघसंस्थाबाट २२ लाख रुपैयाँ भन्दा बढि सहयोगको प्रतिवद्धता आएको पनि उनले जानकारी दिए । महायज्ञको सोमबार एक कार्यक्रमका विचमा समापन गरिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!