यादबको हत्यामा संलग्न दुई जना सार्वजनिक

Posted on: 28 May, 2018

राम नारायण पंडित | जेठ १४, सिरहा | कर्जन्हा नगरपालिका बडा नं. ७ मरेवा बस्ने मुसहरु भन्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गरी आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय सोभित यादवको ५५ बर्षीय छोरा बन्ठा भन्ने राम सेवक यादव र राम लखन महतोको २८ बर्षीय छोरा जंगली भन्ने अन्जनि कुमार कुशवाहा महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले बताए । 

उपरीक्षक श्रेष्ठका अनुसार जंगली धारिलो हतियार प्रहार गरी हत्या गरेको र बन्ठा घटनाको योजनाकार रहेको अनुसन्धानबाट खुलेको छ । विगत लामो समयदेखि चल्दै आएको दुश्मनीका कारण सुपेन्द्रको हत्या गर्ने दुबै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको उनले बताए । जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार तरबार र जंगलीले लगाएको रगत लागेको गम्छा बरामद भएको प्रहरीले जनाएको छ ।

बैशाख २१ गते सुपेन्द्रलाई धारिलो हतियार प्रयोग हत्या भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!