‘कण्डम लगाएर वलात्कार गरेकोले कुरो नखोलीकी हुँ’

Posted on: 28 May, 2018

प्रेम सुनार | जेठ १४, गुल्मी | ‘बैशाख २२ गते शनिवारको दिन थियो । घरमा खाने कुरा केहि थिएन । श्रीमानले ५ सय रुपैयाँ दिनुभयो र छोरी र म बजार तिर गएका थियौं । अरु सवै पसलहरु त्यस दिन सदाको शनिवार झै बन्द थिए । एउटा मात्र पसलको आधा सटर खुला थियो । त्यसका साहुजीसंग समान किन्न थालें । त्यस वेला ति साहुजीले भित्र गोदाममा बोलाए । कण्डम निकालेर मेरो मुख थुन्दै पछाडीबाट वलात्कार गर्न सुरु गरे । त्यस पछि कसैसंग केहि नभुन्नु गोदाम हेर्न पसेकी हुँ भनेर सय रपैयाँ दिए । त्यो पैसा लिएर वाहिर निस्केर उनै कहाँबाट समान किनेर घर आएकी हुँ । मैले सोंचे कण्डम लगाएका थिए । मैले पेट बोक्दिँन क्यारे भनेर श्रीमानसंग त्यो कुरा मैले भनिन । तर छोरीले आमा र त्यो पसले भित्र धेरैबेर हराएका थिए भनेर भनिछ । त्यसपछि मैले त्यो सवै कुरा भनेर उनले दिएको सय रुपैयाँ पनि राख्न दिएँ । त्यस दिनदेखि जाँड खाएर रातै-दिन त्यसैसंग जा भन्दै गाली गर्न थालेपछि वलात्कारको मुद्धा दिन आएकी हुँ, नत्र गुपचाप नै राख्ने सोंचमा थिएँ ।’

हिजो आईतवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा तिनै पसलेले उक्त दिन बलात्कार गरेको भन्दै मुद्धा दिन आएकी महिलाको भनाई थियो त्यो । उनि ५ महिना अघि पाल्पाबाट गुल्मीका ४२ वर्षिय श्रीमति गुमाएका एक पुरुषसंग दोश्रो विवाह गरी आएकी २१ वर्षिया युवती हुन् ।  उनि बेला बेलामा चक्कर आउँने र वेहोस हुने विमारकी महिला थिईन् । मानसिक रुपले समेत विक्षिप्त उनि ५ महिना अघि  पाल्पाको एक अस्पतालमा भर्ना भएको र पुर्व श्रीमानले त्यसै अस्पतालमा छाडेर भागे पछि अलपत्र परेर त्यही वसको बताउछिन् । 

उनको वडाले मानसिक अबस्था समेत विग्रेको भन्दै सहयोग गर्न सवैसंग अपिल पत्रको सिफारिस समेत दिएको छ । उनले भनिन– ‘म अस्पताललमा अलपत्र थिएँ । त्यसैबेला उहाँ (हालको श्रीमान) पनि छोरीको उपचार गर्न जानु भएको थियो । उहाँले आफ्नो श्रीमतिको मृत्यु भएको र छोरीहरुको स्याहार–सुसार गर्ने कोही नभएको भन्दै विवाहको प्रस्ताव गरेपछि म उहाँसंग आएकी हुँ । घर आएपछि उहाँले धेरै दिनसम्म आमासंग मलाई सुताउँनु भयो । एक दिन मैले उहाँका पनि छोरा नभएकोले कतै मैलै छोरा पाईपो हाल्छु कि बुढा भनेर भने । त्यसपछि त अहिलेसम्म भित्र खाट राखेर सुत्ने गरेका छौं ।’ 

आज विहान तम्घासको एक होटलमा बुढा-बुढी हाँशी-खुशी वसीरहेका र एकले अर्कोसंग मायाँ साटी रहेका उनिहरु उमेरले मात्र आधा फरक छन् तर दाम्पत्य सम्वन्धमा एकरत्ती फरक नदेखिएको ब्यवहार प्रकट गरिरहेका थिए । ‘असाध्धै माया दिएर त यस्तो बुढो मान्छे नभनेकी हुँ, एकदम रुपासे र चञ्चले स्वाभावकी उनले प्रत्येक शव्दमा हुन्तो बुढा ?  भन्दै उनको शरिरमा धाम लगाउँदै सुम्सुमाउँदै गरी रहेकी थिईन् । 

‘पहिला त म कम्ता पातली थिएँ र ? अहिले उहाँसंग आएपछि यसरी मोटाएकी छु, उहाँका छोरीहरुको पनि स्याहार सुसार पुगेर मोटाएको देख्दा छिमेकीहरु पनि खुशी छन, हुँन्तो बुढा ? भन्दै  श्रीमानको काँधमा टाउँको ओछाउन खोज्दै थिईन् ।  दुवैको हर शव्दमा मुस्कान थियो । चियाको चुस्कीसंगै दुवै विस्तरामा थिए । म भन्दा पहिला एक जना आफन्त उनिहरुलाई भेट्न पुगेका रहेछन् । म ढोका वाहिर रहञ्जेल भित्र उनिहरुको गुनगुन चल्दै थियो । हिजो देखि मलाई बारम्वार फोन गरेर सताएका उनिहरुको कुरा सुन्न म त्यहाँ पुगेको थिएँ । 

अँस्ती देखि आज सम्मको काम लिएर तानसेन पुगेको मलाई हिजो विहान देखि उनिहरु र उनका मान्छेले पटक पटक आई दिन आग्रह गरे पछि मेरो बाँकी काम थाँती राखेर म  हिजो राती तम्घास फर्केको हुँ । वलात्कृत भनिएकी महिलाको भन्दा बढि फोन मलाई अर्की एक महिलाको आई रहेको थियो । आज विहान मैले के तपाई साँच्ची नै वलात्कृत भएको हो त ? भनेर सोंधे । जवाफमा उनी भन्दै थिईन त्यस्तो उसले नगरेको भए किन यसरी यहाँ धाउनु पर्दथ्यो त ? भनेर प्रति प्रश्न गरिन् । 

उति बैलै नआएर किन यतिका दिन पछि मुद्धा दिन आउनु भयो त ? भन्ने प्रश्नमा उनले श्रीमानले थाह पाएपछि आउनु परेको पटक-पटक दोहोराईन । हिजो सुरुमा सवै कुरा बताउन चाहेकी उनलाई प्रहरीले फोन राख्न भनेपछि, पछि कुरा गरौंला सर भनेर फोन राखिन् । दोश्रो पटक फोन राख्दा उनको फोन एसपीसावले उठाएर अहिले छलफलमा छौं पछि गर्नुहोला भनेर राखी दिनुभयो । साँझापख म जोर्तेमा आई पुग्दा उनको फोन आयो । सर हामी बुढा-बुढीलाई पो प्रहरीले कोठा भित्र थुनेर बाहिरबाट चुक्कुल लगाएर गए भनेर भनिन् । 

उल्टै के पिडितलाई थुन्ने ? म भित्र यस्तो सवाल उठ्यो र यसपीसावलाई फोन हाने । उहाँले आफुबाट कुनै कम्जोरी नहुने अनुसन्धानले जे सत्य देख्छ त्यही अनुसार अगाडी बढ्ने बताउनु भयो । त्यस अघि प्रहरी श्रोतले ब्यापक रुपमा राजनैतिक दवाव आएको जनाएको थियो । कुनै पनि राजनैतिक दवावमा नपर्नु होला जे सत्य हो त्यही अनुसार अगाडी बढ्नु होला भन्ने आग्रह गरियो । पछि केहि अधिकारकर्मी पुगेर उनिहरुलाई बाहिर ल्याई एक होटलमा राखेको जानकारी पाईयो । रिर्पोटरको यो डायरी लेखि रहँदा समेत विभिन्न राजनैतिक दलका नेताहरुको फोन आई रहेको छ । एक पक्ष भन्छ अर्कै रिसईवी फेर्न वलात्कार मुद्धा बनाईदै छ । अर्को पक्ष भन्छ - वलात्कार जस्तो जघन्य अपराधलाई सत्ताको दुरुपयोग गरी गुपचाप पार्ने षडयन्त्र गरिदै छ त्यस विरुद्ध हामी सशक्त ढंगले उत्रिदैछौं । वलात्कार आरोपीलाई प्रहरीले हिरासतमा लिए पनि मुद्धा दायर नगरेसम्म उनको नाम विवरण गोप्य राखिएको छ । 

यस हिसावले वलात्कार घटना सत्य होस या नहोस एक पक्ष वलात्कार अभियोग नै दर्ज गर्न लाग्दै छ भने अर्को पक्ष यदि निर्दोष नै हो भने पनि फस्दै छ भन्ने देखाउँछ । वलात्कार घटना पछि श्रीमान संगै सुतेको बताउँने ति महिलाको अहिले आएर मेडिकल रिर्पोटले वलात्कार ठहर गर्ने हो या होईन ? यो पनि हेर्न बाँकी छ । त्यो सय रुपैयाँ र सर–समानमा चुपो लागरे बसेकी ति महिलाले अहिले मुख त खोलीकी छन्  कतै अरुले जस्तो जिव्रो वटार्ने हुन कि भन्ने आशंका पनि गर्न सकिन्छ । किन कि हाड-नाता करणी जस्तो डर लाग्दो घटनाकी महिलाले समेत पछि  जिब्ब्रो लर्वराउने गरेको पनि पाईएको छ । 

जुन महिलाले बलात्कार घटनामा जेल हालिन्, उनै महिलाले जेलमा मिठो–मसिनो खान लगीदिने गरेको पनि प्रहरी श्रोत बताउँछ । वलात्कार एक, प्रकृति अनेक देखिएका छन् र त्यस अनेकतालाई राम्ररी केलाउनु पर्ने पनि देखिएको छ । वलात्कार अभयोगीका पक्षधर भन्छ– ‘केहि दिन स्थानिय एक परिवारले खाएको ऋण नतिरे पछि प्रहरीमा उजुरी दिईएको थियो । त्यस पछि ५० हजारको तमसुक बनाईएको थियो । त्यसको दोश्रो दिन देखि ति वलात्कृत भनिएकी महिलाको घरमा ति तमसुक बनाईएकी महिलाको घरमा आवत जावत बढेको थियो ।  सत्य के हो ? प्रहरी अनुसन्धानले बताउला । यी र यस्ता कतिपय वलात्कार मुद्धाका नजिरले एकातिर महिलाले चाहे बचाउन न र नचाहे फसाउन पनि सक्दो रहेछन भन्ने बुझ्न सकिन्छ । समग्रमा महिलाबाट पुरुषको जिवन हरपल उच्च जोखिममा छ । चेतना भया...!!

यस बिषयमा तपाइको प्रतिक्रिया...!