महिलाको अस्मीतमाथी राजनीतिः मन्त्री विष्टलाई समेत मुछियो

Posted on: 28 May, 2018

प्रेम सुनार | जेठ १४, गुल्मी | ‘मन्त्री ज्युले त अहिले भर्खरै गुल्मीमा भनिएको वलात्कार घटनाबारे समाचार हेरेर मात्र थाह पाउनु भयो’– संघिय सरकारका श्रम रोजगार तथा साममाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टका सचिवालय एक सदस्यले फोन गरेर भने– ‘होईन गुल्मीका केहि मान्छेहरु महिलाको अस्मीता माथी समेत यस्तो निकृष्ट राजनीति गर्ने ? ’

काठमाण्डौबाट सञ्चालित एक अनलाईनले मन्त्री विष्टको समेत नाम मुछेर वलात्कार घटना दवाउन दवाव दिएको भन्ने समाचारको खण्डन गर्दै ति सदस्यले भने – ‘त्यस्ता झुटा कुरा सम्प्रेषण गरेर मन्त्री ज्युलाई वदनाम गराउने दुश्प्रयास गरिएको रहेछ त्यो सब झुट कुरा हो, जुन  घटनाबारे अहिले भर्खर मात्र समाचार हेरेर उहाँले थाह पाउनु भयो र  आश्चर्य ब्यक्त गर्नु भएको छ ।’

गुल्मीमा हिजो आईतवार झण्डै एक महिना अघि भएको भनिएको बलात्कार मुद्धा लिएर जिल्ला प्रहरी कार्यालय आएकी एक महिलाको सम्वन्धमा राजनैतिक दलहरु विच आरोप-प्रति आरोप भई रहेको छ । प्रहरीले घटनाको अनुसन्धान थाल्न नपाउँदै राजनीतिकरण गर्न थालिएको छ । प्रहरीले आरोपीलाई हिरासतमा लिई अनुसन्धान थाले पनि मुद्धा दर्ता गर्ने विषयमा कुनै एक राजनैतिक दल छिट्टो मुद्धा दर्ताको दवाव दिई रहेको छ भने अर्को कुर्नै राजनैतिक दल गहिरो अनुसन्धान गरेर मात्र दर्ता गर्न सुझाव दिने गरेको बुझिएको छ । वलात्कृत भएँ भन्ने महिलाले सुरुमा वलात्कार गरेको कुरा  बताउन नचाहेको र पछि जेठी पट्टिकी छोरीले कुरा लगाई दिएपछि आफुले सवै कुरा बताएको बताएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!