मुगुका आगलागी पिडितको विचल्ली(फोटोफिचर)

Posted on: 28 May, 2018

नन्द बहादुर रोकाया/जेठ १४ मुगु | गएको वैशाख २० गते भएको भिषण आगलागिबाट पिडीत बनेका मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँका १९ घरका आगलागि पिडीतहरु रुदै दिन कटाउन बाध्य भएका छन । 


१९ घरका १५० जना घर आगोलागेसंगै पालको छानोमा ओत्त लागी रात कटाउन बाध्य भएका हुन ।

बैशाख २० गते विहान नौ बजे भएको आगलागीबाट १९ घर जलेर पुर्ण रुपमा ध्वस्त भएका भएपनी १७ घरले मात्र राहात पाएका स्थानइले बताएका छन । आगलागि पछि सरकारी तथा गैर सरकारी निकायबाट तत्काल आवश्यक पर्ने राहत सामाग्री पुगे पनि उनिहरुलाई टहरामा वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ ।  

अग्नि पिडीत स्थानीयवासी अहिले विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट उपलब्ध गराएका पाल र गाउँलेले सहयोग गरेको काठ बेरेको टहरामा रात काटी रहेका छन । विहान बेलुकीको खानासंगै उनिहरुले आँसु पनि संगै पिउने गरेका छन । 

विहान बेलुकी विद्यालय जाने उमेरका बालबालिकाले कापी , कलम, झोला र विद्यालय पोशाक खोज्दा अभिभावकहरुका आँखाबाट आँशु झर्छन । त्यस्तै बेलुकी पख बनमा चरेर फर्केका पशु बस्तु बस्ने गोठ नदेखेर कराउदा महिला, बुढा पाका डाको छोडेर रुन थाल्छन ।

जे हुनु भई सक्यो अब घर वर्षा अघि बनाउन सकिने अवस्था छैन । छिमेकी स्ट मित्रले दिएको खाने कुराले विहान बेलुकी पेट भरेका छौ तर विद्यालय जाने बालबालिका र गाई बस्तुको अवस्था देख्दा मन दुखेर आउछ , डाको छोडेर रुन मन लाग्छ ६५ वर्षीय सोनाम छिरिङ्ग लामाले भने ।

यो समय भनेको वर्ष भरिको कमाई गर्ने समय हो मुगुका पुर्वी भेगका स्थानीयवासीका लागि । मुगुका विभिन्न पाटन क्षेत्रमा गएर एक महिना यार्सा संकलन गर्दा उनिहरुको वर्ष भरिको आम्दानी हुन्छ । तर किम्री गाउँका अग्नी पिडीत १७ घर परिवारलाई भने सकश देखिएको छ । घरमा भएको लुगा फाटो अन्नपात सबै जलेर नष्ट भयो हिमालमा जाँदा  जहुँ , गहुँ, नाफल , फापर , कोदो आदीको सातु , पिठो , चामल लिएर जाने गरे पनि यो पटक आगलागि हुँदा एक सरो लुगा बाहेक अरु केही बचेन । आफन्त जनले नासो स्वरुप दिएको चिउरा, दालमोठ , चाउचाउ लिएर हिमालमा यार्सा टिप्न जानु परेको स्थानीय कार्मा वाङ्गजुक लामाले बताए । यो पटक मुगु गाउँका स्थानीयवासीले अग्नि पिडीतलाई बन प्रवेश शुल्क लिएनन । बरु एक दुई माना सातु , चियापत्ती , घिउ दिएर सहयोग गरे ।

अग्नि पिडीतका लागि तत्काल आधारभुत राहत व्यवस्था गरिए पनि उनिहरुको अस्थायी पुर्नवास व्यवस्थापनका लागि विभिन्न गैर सरकारी संघ संस्था , निजी क्षेत्रसंग समन्वय गर्ने कार्य जारी रहेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ । जति सकिन्छ चाँडो  वर्षा अघि नै अस्थायी बसोवासको व्यवस्थापन गर्ने गरि लागि परेको  समितिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!