खोटाङ प्रहरीले थाल्यो जनचेतनामुलक स्टीकर टाँस अभियान

Posted on: 28 May, 2018

चिसाङ शेर्पा/जेठ÷१४ खोटाङ | जिल्ला प्रहरी कार्यालय दिक्तेलले स्टीकर टाँस अभियान सुरु गरेको छ । 


जिल्लाका ४६ हजार ७ सय घरधुरीमा जनचेतनामुलक र सचेतनामुलक स्टीकर टाँस अभियान थालिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ र जिल्ला प्रहरी कार्यालय दिक्तेलको आयोजनामा सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाँटडाडाँबाट टाँस्न थालिएको स्टीकर दुइ नगरपालिका, आठ गाउँपालिकाका सबै घरमा महिना दिनमा टाँस गर्ने लक्ष्य छ ।

घरगाउँमा कुनै घट्ना÷दुर्घट्ना भएमा वा सुरक्षा आवश्यक परेमा प्रहरीलाई तुरुन्त खबर गर्नका लागि सहज होस भनेर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई राजविराज, जिल्ला प्रहरी कार्यालय दिक्तेल, प्रहरी टोल फ्रि नम्बर, प्रहरी कन्ट्रोल र ट्राफिक कन्ट्रोल नम्बर सहितको स्टीकर टाँस अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।  

प्रनाउ थापाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १४ हजार ३२७, हलेसी तुवाचुङ नगरपालिका ४ हजार ३ सय ६, ऐसेलुखर्क गाउँपालिका ३ हजार २ सय २५, केपिलासगढी गाउँपालिका ३ हजार ९ सय ७८, साकेला गाउँपालिका २ हजार ७ सय १७, खोटेहाङ गाउँपालिका ५ हजार ७ सय १३, दिपु्रङ चुइचुम्मा गाउँपालिका ४ हजार ४ सय ५७, रावाबेंशी गाउँपालिका ३ हजार ६४, जन्तेढुंगा गाउँपालिका २ हजार ६ सय ५९ र बराहपोखरी गाउँपालिकाको २ हजार २ सय ५४ घरमा जनचेतनामुलक स्टीकर टाँस गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!