दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

Posted on: 29 May, 2018
जेठ १५, दाङ । दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९, बिजौरीमा बस्ने ९ वर्षीय सुनिल विकको मृत्यु सर्पको टोकाईबाट भएको छ ।
विषालु सर्पको टोकाई पछि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएको थियो | तर अवस्था गम्भीर भएकोले थप उपचारका लागि बाँके लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!