रत्नगोपाल सैँजूको निधन

Posted on: 30 May, 2018

जेठ १६ भक्तपुर | विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ । 

सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त गुथीका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो । 

पञ्चायती व्यवस्थाले नेपाली जनताको हक, अधिकार र भाषिक स्वतन्त्रताको हनन गरेपछि तानाशाही व्यवस्थाको विरुद्धमा आवाज बुलन्द गर्न सैँजूले सो गुथी स्थापना गर्नुभएको उहाँले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!