अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

Posted on: 31 May, 2018

जेष्ठ १६, अर्घाखाँची । अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ ।

जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यहि जेष्ठ २५ शुक्रवारको दिन महोत्सव हुन लागेको हो ।

महोत्सवमा जिल्ला बाहिर रहेका १५ जना साहित्यिक श्रष्टा र जिल्ला भित्रका ५० जना साहित्यिक श्रष्टाहरुको सहभागिता सहित आप्ःना सिजर्नाहरु वाचन गरीने छ । महोत्सवमा प्रवासमा रहेको साहित्य श्रष्टाहरुको पनि साहित्य सिर्जना वाचन गरीने भएको छ ।

महोत्सवमा श्रष्टाहरुलाई सम्मान समेत गरीने आयोजकले बताएको छ । महोत्सवमा अर्घाखाँची जिल्ला जन्मेर काठमाडौमा बसी निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका विष्णुबहादुर सिंह ,असीम सागर , तिलकराज , ज्ञानबहादुर खड्का , ठाकुर बेलबासे , हेमराज पाण्डे ,युवराज पाण्डे ,प्रेम पुन्थोकी , उत्तरकुमार पराजुली त्यस्तै जिल्ल्मा जन्मिएर बुटवलमा रहेर साहित्य साधनामा लागी निरन्तर साहित्यको विकार तथा उन्ययनमा लागेका राजेन्द्रकुमार आचार्य , बूँद राना , ऋषि आजाद , रामचन्द्र श्रेष्ठ , लक्ष्मी पोख्रेल कोकीला ,डबल बिसी , भिम खनाल ,अमृता अनमोलका साथै हाल जिल्लामा बसोवास गर्ने करीव ४ दर्जन साहित्य श्रष्टाहरले आ आप्ःनो रचना बाचन गर्ने छन् ।

सोही दिन वाचन भएका साहित्य सिर्जनाहरु संकलन गरी स्मारीका निकाल्ने समेत बताइएको छ ।  अर्घाखाँची जिल्ला साहित्य , संगीत , सस्कृति र कलामा उर्वर भूमि मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!