मोहन माविका प्रअ यादब कार्यकक्षमै थुनिए

Posted on: 31 May, 2018

राम नारायण पंडित | जेठ १७, सिरहा | मोहन मावि आबासीय प्राबिधिक बिद्यालय मिर्चैयाका प्रधानाध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनिएको हो ।   जिल्ला शिक्षा कार्यालय सिरहाले उपलब्ध गराएको रकम दिनका लागि आवाज उठाउँदा प्रधानाध्यापक यादव र लेखापाल साहले गालीगालैज गरेपछि विद्यालयमा भेटेनरीमा अध्यनरत विद्यार्थीहरुले दुवैजनालाई आज (विहिबार) कार्यकक्षमै थुनिएका थिए ।  

प्रअ यादवलाई पटक–पटक रकम उपलब्ध गराउन आग्रह गरेपनि बेबास्ता गरेकोले बाध्य भई थुन्नु परेको विद्यार्थीले बताए । कार्यकक्षमै थुएिपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीसंग ताला खोलेर छलफल गर्न आग्रह गरेपछि ताला खोलिएको थियो । 

यता, बिद्यार्थी, अभिभाबक, बिद्यालयका प्रअ, लेखापाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबिच भएको छलफलमा छिट्टै रकम उपलब्ध गराउन बिद्यालय सहमत भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!