धादिङमा सवारी दुर्घटनामा परी एकको मृत्यु

Posted on: 01 Jun, 2018

जेठ १८, धादिङ | बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नंको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो । 

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!