सोलुखुम्बुमा सडक निर्माणको क्रममा माथिबाट पहिरो खस्दा १ को मृत्यु

Posted on: 01 Jun, 2018

जेठ १८, सोलुखुम्बु | सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । 

गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । 

डोजर चालक ओखलढुङ्गाका कमल भुजेल खाजा खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आउँदा डोजरसहित पुरिएको बताइएको छ । 

गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिएको बा२क ८०१७ नंको बोबेल कम्पन्नीको डोजर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को डोजरको प्रयोग गरी उद्धार गरिएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!