जेठ १८, पाल्पा | पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको उक्त बस दुर्घटनामा पर्दा बसमा सवार मध्ये ९ पुरुष र ३ महिलाको मृत्यु भएको छ भने उनीहरुको सनाखत हुन बाँकी छ ।
त्यस्तै बसमा सवार अन्य १५ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
रातीदेखि अविरल वर्षातका कारण सडकबाट चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विनोद घिमिरेका अनुसार बस दुर्घटना स्थलबाट करिब १ सय ५० मिटर तल खसेको छ, बसमा २७ जना यात्रु सवार रहेको जानकारी छ । थप विवरण आउन बाँकी छ ।
- तश्विर: फाइल फोटो
यस बिषयमा तपाइको प्रतिक्रिया...!