मोरङमा आगलागीबाट तीन लाख बराबरको क्षति

Posted on: 03 Jun, 2018
जेठ २० विराटनगर| मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । 
सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । 
स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भएर सो आगलागी भएको थियो | रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!