पाल्पाको रामपुरमा तीस लाखको सहयोगमा सभा हल निर्माण

Posted on: 03 Jun, 2018

जेठ २०, पाल्पा | पाल्पाको रामपुर नगरपालिकामा रु ३० लाखको लागतमा ८८ वर्षीय एक वृद्धको सहयोगमा रेशम सभा हल निर्माण भएको छ । 

रामपुर नगरपालिका–५ मटेरी बस्ने ८८ वर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा दामोदर मन्दिरका लागि सभा हल निर्माणमा आर्थिक सहयोग गर्नुभएको हो । 

सो मन्दिरमा हुने विभिन्न भजनकृतन, कथावाचनलगायतका कार्यक्रम गर्न सहज होस् भन्ने उद्देश्यले सभा हल निर्माणका लागि आर्थिक सहयोग गरेको सहयोगदाता पोखरेलले बताउनुभयो । उहाँले विभिन्न धार्मिक कार्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । 

करीब २०० जति मानिस अट्ने क्षमता रहेको सभा हलमा मन्दिरमा हुने विभिन्न धार्मिक क्रियाकलाप, कथावाचन, विवाह, व्रतबन्ध, पूजाआजालगायतका कार्यक्रम गर्न सजिलो हुने निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुभयो । (रासस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!