दोलखामा झण्डै चार हजार लिटर अवैध घरेलु मदिरा नष्ट

Posted on: 04 Jun, 2018

ताराबहादुर महत । जेष्ठ २१, दोलखा । ‘अवैध घरेलु मदिरा नियन्त्रण सप्ताह’ मनाउने क्रममा दोलखा प्रहरीले ठुलो मात्रामा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ ।


यहि जेठ १३ गतेदेखि १९ गतेसम्म सप्ताह मनाउने क्रममा जिल्लाका विभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा अवैध रुपमा उत्पादन गरी विक्रि वितरणका लागि तयार पारिएको ३ हजार ७ सय ४४ लिटर घरेलु मदिरा नष्ट गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मदिरा बनाउन प्रयोग गरिने १० हजार ७ सय ५९ लिटर कच्चा पदार्थ र ४ सय ५० बोट गाँजा फँडानी गरी स्थानियको रोहबरमा नष्ट गरिएको छ ।


जिल्लामा शान्ति सुरक्षा र अपराधको अवस्था हेर्दा अधिकांश अपराधिक घटना मादक पदार्थ तथा लागु पदार्थको सेवनका कारण निम्तिएको पाईएपछि यसपटक सप्ताहव्यापी रुपमै अवैध घरेलु मदिरा नियन्त्रण अभियान संचालन गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ । मदिरा नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट प्रहरी टोली परिचालन गरिएको जनाईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!