शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडी पर्दै पछाडी २ नम्बर प्रदेश

Posted on: 04 Jun, 2018

राम नारायण पंडित/जेष्ठ २१, सिरहा। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सातवटै प्रदेशमध्ये मानव सुचांकमा प्रदेश न.२ कमजोर रहेको छ । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले भने शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा लगानी अनुसारको उपलब्धी नरहेको वताउनुभयो । 


अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा सिरहाको लहानमा शनिवार आयोजित सेवाग्राही र सेवाप्रदायक बीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ठाकुरले भने सरकारले लगानी गरे अनुसारको उपलब्धी हासिल गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । 

सभापति ठाकुरले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्रभावकारी बनाउनका लागि आम नागरिकको नैतिक जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । शिक्षा  क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नका लागि कमाउ धन्दा छोडेर सेवाको भावनामा लाग्नुपर्ने वताए । 

सिरहा जिल्लामा शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहेको वताए । जनप्रतिनिधिहरु आफनो जिम्मेवारी पुर्णरुपमा पालन गरे धेरै समस्याहरु समाधान हुने वताए । स्थानीय तहमा जिम्मेवारी दिएअनुसार काम गर्न नसकेको वताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज कुमार यादवका अनुसार जिम्मेवारीबोद्य नहुदा सबै क्षेत्रमा समस्या कायमै रहेको वताए । स्थानीय तहको पश्चात सेवाग्राहीहरुले पाउने अवसर नपाएको प्रति दुख व्यक्त गरे । सिरहाको शिक्षा क्षेत्र शिक्षक र राजनैतिक चरित्रका कारण धाराशायी बन्दै गएको देखिन्छ । शिक्षकहरु ीवधालयमा पढाउन छाडेर शिक्षा कार्यालय धाउने र गफ गरेर विधालयमा समय विताउने प्रबृति काएमै रहेको वताए । 

शिक्षा क्षेत्रको विकृति हटाउनका लागि शिक्षक इमान्दार हुनुपर्ने तर्क गरे । 

उपसभापति यादवले भने स्वास्थ्य क्षेत्रको समस्या समाधानमा स्थानीय सरकार लाग्नुपर्ने वताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा देखिएको विकृति हटाउनका लागि स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने वताए । सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका दिएको छ तर आम नागरिकले राज्यले प्रदान गरेको सेवा सुविधामा सहज पहुच हुन नसकेको प्रति चिन्ता व्यतm गर्नुभयो । 

किसानहरु समयमा मलखाद्य नपाएर कृषि क्षेत्रमा लगानी अनुसारको आम्दानी हुन पाइरहेको छैन । यसलाई सहज रुपमा समयमा मलखाद्य र बिउबिजन र किटनाशक औषधी सहज र सरल रुपमा किसानलाई उपलब्ध गराउने वतावरण मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका थिए । 

कार्यक्रममा लक्ष्मीपुर पतारी गाउपालिकाका अध्यक्ष रामवल्लभ साहले भने शिक्षा,स्वास्थ्य र कृषि क्षेत्र गाउपालिकाको प्राथमिकतामा रहेको वताए । सरकारले स्थानीय तहलाई अधिकार मात्र दिएर हुदैन कर्मचारी पनि दिनुपर्छ नभए काम गर्न असहज हुने वताए । 

लक्ष्मीपुर पतारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतले भने इन्सेकले पहिचान गरेका समस्याहरु मध्ये गापाले केही समाधान गरिसकेको छ । तर केही समस्या यथावत रहेको वताए । कर्मचारी अभाव र कानुन निमार्णमा ढिलाई हुदा अन्य समस्याहरुमा तत्काल काम गर्न नसकेको वताए । कार्य्विधि अनुसार काम गर्नका लागि आवश्यक जनशतिm नभएको हुदा सानो समस्याहरु पनि ठुलो रुपम लिने गरेको छ । 

कार्यक्रममा प्यावसन प्रदेश न.२ का संयोजक मुरारी साहले भने शिक्षामा देखिएको समस्या शिक्षकहरु अधिकाशं घरपायका हुन्छन् र समयमा विधालय जान सक्दैनन । त्यसकारण शिक्षकलाई घरपायक नपर्ने गरि आफनो जिम्मेवारी इमान्दारीता पुर्वक निर्वाह गरे शिक्षको समस्या समाधान हुने वताए । विधार्थी निजि विधालयमा तर विधार्थीको नामांकन सरकारी स्कुलमा हुने गरेको वताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि अभिभावकको महत्वुर्ण भुमिका हुने वताए । विधालयको अबस्था वारेमा अभिभावकहरु सोधिखोजी गरे समान्य समस्या समाधान हुने वताए । 

प्यावसनका सल्लाहकार राकेश झाले भने राजनैतिक दलका प्रतिनिधि इमान्दार भए सबै क्षेत्रको समस्या समाधान हुने वताए । सबै अधिकार स्थानीय तहमा अँइसकेको अबस्थामा आफुले चाहे अनुसारको परिवर्तन ल्याउन सक्ने वताए । जनप्रतिनिधिहरु समयमा  कार्यालय पुगे अन्य सबै कर्मचारीहरु पनि नियमित रुपमा आफनो जिम्मेवारी निर्वाह गर्न बाध्य हुने वताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि विषयगत शिक्षक र नियमित अनुगमन गरि कमजोरीका कारणलाई नियमन गर्नुपर्ने वताए । 

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिरहाका अधिकृत सरोज कर्णका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि स्थानीय सरकार नै अग्रसर हुनु पर्ने वताए । कर्णले भने गाउपालिकामा वर्थिगं सेन्टर र भौतिक सामग्रीको अभावका कारण ग्रामीण तहमा राज्यले दिएको सुविधा उपभोग गर्न पाएका छैनन । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्नका लागि रणनीतिक योजना बनाई सेवा प्रवाह सहज र सुलभ वनाउनुपर्ने वताए । 

जिल्ला स्तरिय मानव अधिकार निगरानी समुह सिरहाका उपसंयोजक रेणु कुमारी कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहाका सरोकारवालाहरु र सेवाग्राहीहरुको सभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!