सिरहा मानवअधिकार रक्षक संजालको सचिवमा पत्रकार पंडित चयन

Posted on: 04 Jun, 2018

जेठ २१, सिरहा | सिरहा मानवअधिकार रक्षक संजालको सचिवमा राम नारायण पंडित चयन भएको छ । 

करीब एक दशकदेखि पत्रकारिताको साथै बिभिन्न संघसंस्थामा रही काम गर्दै आएका पंडित समसामयिक बिषयमा दखल मानिन्छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैयाका स्टेशन ईन्चार्ज र साझासबाल डटकमका सिरहा सम्पादक समेत रहेका पंडित स्थानिय र राष्ट्रिय मिडियाहरुमा आवद्ध रहेका छन् ।

संजालको सचिबमा चयन भएपछि उनले भने “संस्थाले दिएको जिम्मेबारी ईमान्दारितको साथ बहन गर्छु, मानवधिकार अधिकारको उल्लघनका घटनाहरुमा पिडितको पक्षमा वकालत गर्न कुनै कसर बाँकी राख्दिन ।” अन्यायमा परेकाहरुलाई न्यायको लागि जुनसुकै बेला तयार रहने समेत सचिब पंडितले बताए । मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि पैरवी गर्ने समेत उनले दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!