सिरहा मानव अधिकार रक्षक संजाल गठन

Posted on: 04 Jun, 2018

जेठ २१, सिरहा | समाजमा भईरहको विभिन्न खाले मानव अधिकारसंग जोडिएका घटनाहरुलाई उजागर गरी  प्रभावकारी ढंगले सामाजिक न्याय र सुदृढीकरणका लागि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को रोहबरमा सिरहामा ११ सदस्यीय सिरहा मानवअधिकार रक्षक संजाल आज (सोमबार) गठन गरिएको छ ।

सिरहाको लहानमा थर्ड एलायन्सको पहलमा भएको भेलाबाट चन्दन कुमार कर्णको संयोजकत्वमा गठन गरिएको संजालको सह–संयोजकमा रिक्मा विश्बकर्मा र सचिवमा राम नारायण पंडितलाई चयन गरिएको छ । सदस्यहरुमा मुकेश कुमार यादब, महेश सिंह, तन्जिल खातुन, गीता साह, मोहन पासमान, शान्ति पासमान, संजय बिश्बकर्मा र दिलिप सहनी रहेका छन् । 

थर्ड एलायन्सका प्रदेश २ का संयोजक रन्धिर चौधरीले समाजिक न्याय तथा सदृढिकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्य बारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा संजाल गठन गरिरहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी भुमिका खेलोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । 

त्यस्तै मानवअधिकार अधिकृत किरण कुमार कर्णले थर्ड एलायन्सले तराई मधेश लगायत विभिन्न जिल्लामा मानवअधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र नवगठित संजालले झन् प्रभावकारी ढंगले नागरिकको अधिकार दिलाउनको लागि अग्रसरता लिने बताए । 

मानब अधिकार अधिकृत अर्जुन साहले मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि वकालत गर्न संजाल तयार रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!