सर्लाहीमा हावाहुरी सँगै परेको चट्यांग लागि एक महिलाको मृत्यु, ४ गम्भीर घाईते

Posted on: 06 Jun, 2018

जेठ २३, सर्लाही | सर्लाहीमा हावाहुरी सँगै परेको चट्यांग लागि एक महिलाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाईते भएका छन् ।

चट्याङ लागि ईश्वरपुर नगरपालिका वडा नम्बर १२ कालिन्जोरका ४५ वर्षिय जोगमाया वाईवाको घट्ना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी आशिष बाबु दाहालले बताउनु भयो । हावाहुरीसँगै पानी परे पछि सवै जना घर भित्र गए ।

घरमा बसी रहेकै अवस्थामा चट्यांग पर्यो, उनीहरु ठाउँको ठाउँ ढले अर्का प्रत्यक्षदर्शी जीवन विश्वकर्माले भने ।

चट्याङ लागेर जोगमायाकी ११ वर्षिया छोरी बुनु वाईवा, ६ वर्षिय छोरा रवि वाईवा, रवि सँगै खेलि रहेका सोही ठाउँका १२ वर्षिय रोजन विश्वकर्मा पनि चट्यांग लागेर घाईते भएका छन् ।

घाईते मध्ये रोजन र बुनुको अवस्था गम्भीर रहेको छ । घाईते चारै जनालाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरजंग पठाइएको लालबन्दी स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रोशन चौधरीले बताउनु भयो ।

मृतक जोग मायाको शव भने जिल्ला अस्पताल मलंगवा पठाईने तयारी गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!