कञ्चनपुरस्थित एक होटलमा कार्यरत बैतडीका युवक सुतेकै अवस्थामा मृत्य फेला

Posted on: 06 Jun, 2018

मदनराज जोशी/जेष्ट २३, कञ्चनपुर | भिनपा–६ मा रहेको होटल अपिमा ४ महिनादेखि काम गर्दै आएका युवक मृत्य अवस्थामा फेला परेका छन् ।

बैतडी आमचौर मैलौली –२ वर्ष ४४ का भास्कर सुवेदी राति खाना खाएर सुतेका विहान मृत्य अवस्थामा फेला परेका थिए । सोही होटलमा रहेका गेष्टले विहान ५ बजे मुलगेट बन्द रहेको हुँदा उनी सुतेको कोठाको बाहिरबाट पटक पटक ढोका खेल्न भन्दा, ढोका नखुलेपछि होटल संचालक संजित रावललाई फोन गरी ढोका खोल्न भनेका थिए । होटल संञ्चालक आएर ढोका खोल्न भन्दा नखुलेपछि प्रहरीको सहायताले ढोका खोली उनी सुतेको स्थानमा हेर्दा सुतेकै अवस्थामा मृत्यु फेला परेका थिए ।

उनको शवलाई पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!