पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेविसंघ दार्चुलाले गर्यो धर्ना र चक्काजाम

Posted on: 06 Jun, 2018

जेठ २३, दार्चुला | नेपाल विद्यार्थी संघ दार्चुलाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो दार्चुला सदरमुकाम खलंगा बजारको परिक्रममागरी नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घन्टा धर्ना र बसपार्कमा केहि समय चक्काजाम गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेबि संघ दार्चुलाले बुधबार सरकारबिरुद्ध नाराबाजि गर्दै धर्ना र चक्काजाम गरेको हो ।

जनताको ढाड सेक्नेगरी गरीएको मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजि गर्दै माग गरेका छन । बहुसंख्यक जनता गरीबिको रेखामुनी रहेको हाम्रो देशमा सरकारले मूल्य बृद्धि गरेर ब्यापारी बन्न खोज्नु हुदैन भन्ने आफुहरुको धारणा रहेको नेबिसंघ दार्चुलाका अध्यक्ष हिक्मत बहादुर सिहंको भनाइ छ ।


सरकार गठन भएपश्चात सहुलियत प्राप्त हुनुकोसट्टा पाचँ पटक ट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र कालोबजारीकाकारण दैनिक उपभोग्य बस्तुमा आएको मुल्यबृद्धिले जनताले हैरानी ब्यहोर्नुपरेको भन्दै कालाबजारी र माफियाकरण नियन्त्रण गरी पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न नेबिसंघ दार्चुलाले माग गरेको छ । सरकारले मुल्यबृद्धि तत्काल फिर्ता नगरे संघर्षका कार्यक्रमहरु तय गरी आन्दोलनमा उत्रने नेबिसंघ दार्चुलाका सचिब रमेश भट्टले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!