सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

Posted on: 07 Jun, 2018

जेठ २४, विराटनगर | मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । 

धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । 

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।  रासस 

फाइल तश्विर


यस बिषयमा तपाइको प्रतिक्रिया...!