स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ (फोटोफिचर)

Posted on: 07 Jun, 2018

शंकर के सी/जेठ २४, सल्यान । स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ र जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार सल्यानको कपुरकोटमा विहिबार विहान स्थानीय सरकार, सुआहारा सल्यान, सरसफाइ समिती, विद्यालय तथा विभिन्न कार्यालय, संघसंस्थाको सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा लगाएतका जनप्रतिनिधीहरु, गाउँपालिकाका कर्मचारिहरु, शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार लगाएतले सम्पूर्ण बजार क्षेत्रमा झाडु लगाउँदै फोहोर व्यवस्थापन गरि सरसफाइमा सहभागी भएका छन् । यस्तै अभियानकै क्रममा प्रहरीले गाँजाको बोट पनि नष्ट गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जबसम्म मान्छेले प्रकृति र आफूबीचको समबन्ध बुझ्न सक्दैन, प्रकृतिलाई माया गर्न सक्दैन तबसम्म वातावरण संरक्षण असम्भव रहेको बताए । उनले प्रकृतीलाइ माया गर्न र भावि सन्ततीलाइ प्रकृतीलाइ माया गर्न सिकाउनुपर्ने कुरामा जोड दिए ।

उनले कपुरकोट गाउँपालिकाको वडा नम्बर ६ मा ३ वटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिसकेको जनाउँदै सन् २०२१ सम्म गाउँपालिकालाइ नै पूर्ण सरसफाइ क्षेत्र घोषणा गर्ने अभियानमा सबैलाइ लाग्न आग्रह गरे । विशेष गरेर कर्णालिकै प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ सफा, सुन्दर राख्न दैनिक रुपमा फोहोर उठाउन ट्रेक्टरको व्यवस्था र फोहोर व्यवस्थापन गर्न डम्पीङ साइड निर्माण गरिएको अध्यक्ष सेनले जानकारी दिए । सरसफाइ अभियानमा विभिन्न सरसफाइ सम्बन्धी शन्देश लेखिएका व्यानर र प्ले कार्ड सहित र्यालि पनि निकालिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!