दाङमा विद्यार्थी र अभिभावकलाई लागुऔषध दुर्व्यसन विरुद्ध अभिमुखिकरण

Posted on: 07 Jun, 2018

शंकर के सी/जेठ २४ दाङ। दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ मा विहिबार लागु औषध दुव्र्यशनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर उपमहानगरपालिकाको आयोजना, वडा कार्यालयको व्यवस्थापन तथा युवा परिषद् दाङको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै तुलसिपुर ३ का वडा अध्यक्ष विर बहादुर विक विजयले लागुपदार्थको प्रयोगले व्यक्ति, घरपरिवार र समाजलाइ नै असर पार्ने भएकाले यसको लतमा कोहि पनि फस्न नहुने कुरामा जोड दिए । विशेष गरेर युवा अवस्थाका विद्यार्थी, किशोर अवस्थाका व्यक्ति लागु औषधको दुव्र्यशनमा लाग्ने गरेको भन्दै उनले यसलाइ रोक्न समाजका सबै जानकार व्यक्तिको दायीत्व हुन आउने कुरामा जोड दिए ।

अभिभावकले पनि आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्ने विकको भनाइ थियो । कार्यक्रममा युवा परिषद् दाङका अध्यक्ष सुरेश रावतले विशेषतः आफ्ना सन्तान आठ, नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिए ।

अभिमुखिकरण कार्यक्रममा एक सय ८० भन्दा बढि विद्यार्थी र अभिभावकहरुलाइ इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक रमेश विष्टले लागुपदार्थ सेवनबाट हुने नकारात्मक प्रभावहरुका बारेमा प्रशिक्षण दिएका थिए । उनले बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने सेवन गर्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!