मोरङमा जंगली च्याउ खाँदा एक दम्पती बिरामी

Posted on: 08 Jun, 2018

जेठ २५, विराटनगर | मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । 

मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!