रुपन्देहीमा प्रहरी नायब निरीक्षक खनालको मृत्यु

Posted on: 08 Jun, 2018

जेठ २५, रुपन्देही | पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ । खनालले चलाएको बा १६ च २९४८ नम्बरको स्कारपीयो गाडी बुटवल धागो कारखाना नजिकै लु १ ख ७४०१ नम्बरको बसमा ठोक्किएपछि दुर्घटना भएकाे थियाे।

दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडाँैस्थित ग्राण्डी अस्पतालमा उपचार हँुदाहँुदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । 

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!