अछामको १७ बालबालिकालाई भारततर्फ लैजाँदै गर्दा उद्धार गरियो

Posted on: 08 Jun, 2018

जेठ २५, कञ्चनपुर | भारततर्फ लगिँदै गरेका १८ बालबालिकालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बलको सहयोगमा ६ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको हो |

गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताए । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उनले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!