बैतडीमा वनभोज खान गएका एकको नुहाउने क्रममा डुबेर मृत्यु

Posted on: 09 Jun, 2018

नरी बडु | जेठ २६, बैतडी | साथिहरुसंग बनभोज खान गएका बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानीका असोकमणी भट्टको खोलामा डुबेर मृत्यु भएको छ । 

बैतडीको दशरथचन्द नगरपालिका– ८ निलगाडमा आयोजना गरिएको बनभोज कार्यक्रममा गएका भट्ट सनिबार दिउसो १२ बजेतिर निलगाड खोलामा डुबेर वेपत्ता भएका थिए । वेपत्ता भट्टको प्रहरी र स्थानीयले खोजि गर्दा दिउसो पौनै तिन बजे मृत अवस्थामा सव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि नेत्रमणी गिरीले जनाकारी दिनुभयो । 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक भट्ट गोठलापानी चौराहास्थित मोबाईल पसलका संञ्चालक हुन् ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!