कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न

Posted on: 10 Jun, 2018

जेष्ठ २७, अर्घाखाँची | भुमिकास्थान नगरपालीका दुई  ढाकाबाङ्गमा रहेको स्वर्गीय शिक्षक कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा शनिबार सम्पन्न भएको छ । 


प्रतिष्ठानका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षता, कमलप्रसाद खनालको स्वागत मनतव्य र चन्द्रबहादुर केसीको सन्चालनमा सम्पन्न भएको साधारण सभाले खड्क बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेका छ । 

जसको उपाध्यक्षमा भुवानन्द भुसाल,सचिब खुबिराम खनाल र कोषध्यक्षमा गोमादेबि बन्जाडेलाई चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा कबिराम खनाल,युबराज खनाल,गिता चुदाँली,अम्मर बहादुर थापा र खुमा बेल्बासे रहनु भएको छ । 

यस्तै सभाले लोकराज भुसाल,कमल भुसाल,पदम प्रसाद बन्जाडे,चन्द्र बहादुर केसी,गोपाल प्रसाद खनाल,बुद्धिबहादुर थापा र हिमलाल खनाललाई सल्लाहकार समितिमा चयन गरेको छ पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएका छ । कार्यक्रममा अध्यक्ष बुद्धि बहादुर थापाले संस्थाको प्रतिबेदन र पदम प्रसाद बन्जाडेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । स्वर्गीय बन्जाडेको २०६३ साल जेष्ठ १६ गते राति आफ्नै निबासमा हृदयघातको कारण मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!