पर्वत सपोर्ट ग्रुपद्वारा ब्लडक्यान्सर पीडित बालकको लागि २ लाख संकलन

Posted on: 10 Jun, 2018

जेठ २७ पर्वत । पर्वत सर्पोट ग्रुपले ब्लडक्यान्सर पीडित एक बालकको लागि २ लाख आर्थिक संकलन गरेर हस्तान्तरण गरेको छ ।


कुश्मा नगरपालिका १४ आर्थरका १५ बर्षिया ब्लड क्यान्सर पीडित अर्जुन गौतमको उपचारमा सहयोग पुर्याउने उदेश्यले अभियाननै चलाएर रकम संकलनमा लागेको सर्पोाट ग्रुपले हालसम्म २ लाख २४ हजार आर्थिक संकलन गरेको थियो । उक्त रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

क्लबले उपचारको लागि २० लाख खर्च  लाग्ने भएकाले आफूहरुले अभियाननै चलाएको जनाएको छ । ब्लड क्यान्सर भइ उपचारत गौतमको उपचारमा सेवा पुर्याउनको लागि रकम संकलन अभियानलाइ तिब्र पारिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!