पोखरामा हावाहुरीका कारण ५ प्याराग्लाईडिङ खसे, डुंगाहरु पल्टियो (भिडियो सहित)

Posted on: 10 Jun, 2018

जेठ २७ पोखरा। आइतबार दिउसो अचानक पोखरामा हावाहुरी चल्दा फेवातालमा प्याराग्लाईडिङ खसेको छ । खपौदी,बारही घाट,र डिहीकोपाटन, मेथलाङको डाँडामा प्याराग्लाईडिङ खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ । 


हावाहुरीका कारण प्याराग्लाईडिङ  सन्तुलनमा नआएकोले  खसेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खपौदीबाट २ जना, बारही घाटबाट २ जना ,र डिहीकोपाटनबाट १ जनाको उद्धार भएको र अरु खोजि भैरहेको प्रहरीले जनाएको छ । हालसम्म मानविय घटना नभएको प्रहरीले बताएको छ ।  पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् ।

यसैबीच, तालमा डुंगाहरु पनि पल्टिएका छन् । मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको फेवातालबाट पत्रकार मन गुरुङले जानकारी दिए । उनका अनुसार रेस्क्यु टोली खटिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!