नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ शिविर सम्पन्न

Posted on: 10 Jun, 2018

जेठ २७ नुवाकोट | नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा घरदैलोमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।


राजधानी काठमाडौबाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्य ले ग्राण्डी अस्पतालले स्थानीय संघ सस्था सङ समन्वय गर्दै  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा नवजात शिशु को साथै  करीब ९० बर्ष सम्मका बृद्ध बृद्दा हरुले सेवा लीएका थीए । वृद्धवृद्धा पनि लट्ठीको सहारामा घन्टौं हिंडेर शिविरमा आएका थिए । समुन्द्रटार कि ७८ वर्षीया सुन्तलीमाया थिङ २ घण्टा पैदल हिंडेर स्वास्थ्य परीक्षण गराउन शिविरमा आइपुगेकी थिइन् । उनी दमरोगले ग्रसीत थीइन । डाक्टरको परामर्श र निशुल्क औषधि प्राप्त गरेपछी उनले खुशी हुँदै भनीन " हामी गरीब लाई उपचार गराउन पैसा छैन, यो शिबिर ले हामीलाइ मद्दत पुर्याएको छ । 

राजधानी काठमाडौबाट नजिक भए पनि यातायात, विद्युत्, खानेपानी र स्वास्थ्य सेवाबाट वञ्चित रहेको यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्राण्डी अस्पतालले जनाएको छ  । सबैजसो समुदायको बसोबास रहेको यो क्षेत्रमा ग्राण्डी अस्पतालले  स्वास्थ्य शिविर सञ्चालन गरेको पहिलो हो । शिविरमा करीब ३०० स्थानीय बासीन्दा ले सेवा प्राप्त गरेको अस्पताल ले जनाएको छ । ।

शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, र  स्थानीय नुवाकोट सीटी अस्पतालका  चिकित्सक टोलीले बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, दम, छातीदुख्ने  रोगसम्बन्धी परीक्षण गरेका थिए भने लायन्स क्लबले ब्यवस्थापन गरेको थीयो ।

परीक्षणमा ५ जनामा नशासमन्धी  र एक ३ जनामा फोक्सोको समस्या भेटिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!