अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु

Posted on: 10 Jun, 2018

जेठ २७, अछाम | अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ । 

घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिनुभयो । 

मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् | रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!