काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको निरन्तर हमला

Posted on: 10 Jun, 2018

प्रेम सुनार | जेठ २७, गुल्मी | नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् । 

आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार  समाजिक सञ्चालमा भाईरल भई रहेका बेला  फेरी उनले आफ्नो फेशबुकमा अर्को स्टाटस मार्फत ठेकेदार विरुद्ध  सरकारलाई खवरदारी गरेका हुन् । उनले लेखेका छन –‘ वर्तमान सरकारले समयमा काम नगर्ने ठेकेदालाई कारर्वाही गर्ने परिपत्र जिल्ला प्रशासनमा पठाएको छ । ब्यवहारिक रुपमा हेर्दा प्रकृति विपत्तिका कारण समयमा काम नहुन पनि सक्छ । सरकारलेकतिपय जिल्लामा काम गरेको कामको भुक्तानी गरेको छैन । जसले काम गरेको छ उ अपमानित  हुन पाउँदैन । अरुलाई ठेक्का हाल्न नदिने , एउटा ब्यक्तिले मात्र ठेक्का लिने  । समयमा काम नगर्ने, संझौता अनुसार काम नगर्ने, सुण्डमुसुण्डको प्रयोग गर्ने । 

काम नगरी ठेक्का बेचेर खाने डन जन्मने निरन्तरताले देश कहिले अगाडी बड्दछ  ? बिकृतिका कुरा उठाउदा मनपरी गाली गर्ने, मनपरी लेख्नेलाई सार्वजनिक अपराध देखी साईवर क्राइम अनुसार कारवाई पनि हुन्छ । जनताले शोधन पाउछन् - जनताको प्रतिनिधी आफ्नो काम गर्न छोडी कुनै निर्माण कार्यको अध्यक्ष किन बन्ने रु तर मन्त्री भएका जिल्लाहरुमा सरकारको निर्णयको धज्जी उडाउदा गलत काम गर्नेहरु संरक्षित हुनु हुदैन । 

सबै कुरालाई पार्दशी बनाउनु पर्दछ ।प्रतिपक्षयको काम मुद्दा उठाउने हो । सरकारको राम्रा कामलाई सहयोग गर्दै सिक्ने र सिकाउने पनि हो ।’ उनले लखेको यो जायज विषयलाई फेशबुकमा धेरैले लाईक र सकरात्क कमेण्ट गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!