चट्याङ्ग लागेर दुई विद्यार्थीको मृत्यु

Posted on: 10 Jun, 2018

जेठ २७, सुर्खेत । सुर्खेतमा चट्याङ लाग्दा विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरेन्द्रनगरदेखी उत्तर पूर्वमा रहेको चिङ्गाड गाउँपालिका–४ मटेलास्थित धनपानी  प्राथमिक विद्यायका दुई विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–४ का निर्मला चन्द र अमर चन्द छन् ।

स्कूल नजिक सल्लाको रुखमा चट्याङ्ग पर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । चट्याङ्ग लागेर सोही विद्यालयका ५ जना विद्यार्थीहरु घाईते भएका छन् । घाईते हुनेमा चिङ्गाडकै दुर्पता चन्द, निरुता चन्द, लक्ष्मी चन्द, तारा कुमारी चन्द र सुरेश चन्द छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!