उदयपुरका एक फरार अभियुक्त पक्राउ

Posted on: 11 Jun, 2018

जेठ २८, उदयपुर | कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरिएका चौधरीलाई एक वर्षअघि नै जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दासम्बन्धी जेलसजायको फैसला गरिसकेको कारण अब जिल्ला कारागार उदयपुर पठाइन लागेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!