३३ किलो सुन तस्करी प्रकरण: छानविन समितिद्वारा आरके ज्वेलर्समा छापा

Posted on: 11 Jun, 2018

जेठ २८, काठमाडौं | सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।


छानविन समितिको नेतृत्वको टोलीले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा मारेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको समितिका सदस्यले जानकारी दिए । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । समिति स्रोतका अनुसार बरामद सुन तौलने काम भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!