अर्घाखाँचीको विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन

Posted on: 11 Jun, 2018

जेष्ठ २८ अर्घाखाँची | जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन गरेको छ । सितगंगा नगरपालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो । 

आईतवारबाट सुरु भएको शिविरमा हालसम्म १ सय ५६ नागरिकता वितरण गरिएको जनाईएको छ । यस्तै १ सय ८२ जनाको स्वास्थय  जाच गरिएको डाक्टर कपिल गौतमले जानाकारी दिनुभयो । भोली मोवाबारीमा शिविर सञ्चालन गरिने सहयाक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले बताउनुभयो । 

जिल्ला पशु,जिल्ला वन,जिल्ला स्वास्थ्य लगाएतका कार्यालयहरु समेत सेवा दिईरहेको बताइृएको छ । विकट वस्तीमा शिविर सञ्चालन गरेपछि स्थानीयहरु सरकारले भने जस्तो गाउँगाउँमा सिंहदरवार पुगेको अनुभुती भएको बताएका छन् । जिल्लामा आउन हजारौ रुपैया खर्च गर्नु पर्ने बाध्यता यसपटक हटेको स्थानीहरुको भनाई रहेको छ । हिजो पनि पावरामा सेवाग्रगीलाई सेवा दिईएको थियो ।

विकट वस्तीमा जनताको सेवा गर्नको लागी शिविर सञ्चालन गरिएको जिल्ला समन्वय समितीका उपप्रमुख ऋषि पुलामीले जानाकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!