मना सार्कीलाई सहिद घोषणाको माग

Posted on: 11 Jun, 2018

जेठ २८, सुर्खेत | सुर्खेतका दलित अधिकारकर्मीहरुले कालिकोटमा हत्या गरिएका मना सार्कीलाई सहिद घोषणाको माग गरेका छन् । कालिकोट नरहरीनाथ गाउँपालिका ९ का निर्वाचित वडा सदस्य मनाको हत्याको विरोध गर्दै सहिद घोषणाको मागसहित अधिकारकर्मीहरुले सुर्खेत जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् ।

दलित समुदायकोे अस्तित्व, पहिचान र अधिकारमाथी खतरा उत्पन्न गराएको भन्दै विज्ञप्ति मार्फत अधिकारकर्मीको गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका छन् । नेपाल उत्पिडित जातिय मुक्ती समाज सुर्खेतका अध्यक्ष बसन्त विश्वकर्मा, नेपाल दलित संघ सुर्खेतका अध्यक्ष भिमबहादुर शाही (परियार) र नेपाल मुक्ति मोर्चा सुर्खेतका ईन्चार्ज हिरा बहादुर सुनारले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा मनालाई सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र अपराधीलाई जन्मकैद गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । 

यस्तै ५ दिनभित्र सत्यतथ्य छानविन गर्न समिति गठन गर्नुपर्ने, पीडित परिवार र दलितहरुको पुर्ण सुरक्षाको व्यबस्था गरिनुपर्ने दलित अधिकारकर्मीहरुले बुझाएको विज्ञप्तीमा भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!