पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अछाममा प्रदर्शन

Posted on: 11 Jun, 2018

सुशील भण्डारी | जेठ २८, अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अछामले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा सदरमुकाम मंगलसेनमा राके जुलुस प्रदर्शन गरेको  छ । 

नेबिसंघ अछामको आयोजनामा सिठी जुलुस प्रदर्शन गरिएको हो । नेपाली काङ्ग्रेस पार्टी कार्यालयबाट शुरु भएको राके जुलुस मंगलसेन बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका सहमहामन्त्रि अम्बीका चलाउनेले बर्तमान सरकारले लोक कल्याणकारी राज्यको स्थापना गर्न पुर्ण रुपमा बन्देज गरेको आरोप लगाउनु भयो । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नलिए सम्म देशव्यापी रुपमा जारी आन्दोलन नरोकिने बताउनु भयो । 

चलाउनेले पहिलो पटक अन्तराष्ट्रिय कर लगाएर उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर जनतालाई अन्तराष्ट्रिय पहुँचबाट बन्देज लगाउन खोज्नु सरकारले मुलुकमा कम्युनिष्टकरण लागू गर्न खोजेको धारणा राख्नु भयो । नेविसंघ जिल्ला अध्यक्ष नृप साउदले विरोध मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन नेविसंघ जिल्ला सचिब बम स्वारले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!